९ जेष्ठ २०७९, सोमबार

कोरोना नओस् भनेर लुम्बिनीमा शान्ति प्रार्थना

प्रकाशित मिति :  13 March, 2020 9:44 am


रूपन्देही, ३० फागुन । कोरोना भाइरसको सङ्क्रमण नेपालमा नआओस भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना गरिएको छ ।

लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ सो भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको हो ।

विभिन्न देशका भिक्षु भिक्षुणी, लामा, उपासक उपासिका र पर्यटन व्यसायीको सहभागितामा परित्राण पाठ, शान्ति प्रार्थना र दीप प्रज्वलन गरिएको सङ्घका सचिव पिन्टु कशौधनले जानकारी दिए । सो भाइरसका कारण पर्यटन व्यवसायमा समेत नराम्रो असर परेकाले विश्वबाटै सो भाइरस सङ्क्रमण निर्मूल होस् भन्ने कामना गर्दैप्रार्थना गरिएको उहाँले बताए ।



प्रतिक्रिया दिनुहोस !