३ जेष्ठ २०८१, बिहिबार

स्याङ्जाको वालिङमा सेनिटरी प्याड र मास्क बनाउने तालिम सम्पन्न

प्रकाशित मिति :  21 March, 2022 5:01 pm


स्याङ्जा । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको आयोजना यूएनडिपि नेपाल र वालिङ नगरपालिकाको साझेदारीमा पुरानो कपडाबाट सेनिटरी प्याड र मास्क बनाउने तालिम सम्पन्न भएको छ । हरित पुनःउत्थान परियोजना पिजिआरपि अन्तर्गत तीन दिने तालिमको आयोजना गरिएको हो ।

पुरानो कपडाको प्रयोग गरी दैनिक प्रयोगमा आउने मास्क र सेनेटरी प्याड निर्माणमा महिलाहरुलाई आर्कषित गरी व्यवसायिक रुपमा अगाडि बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको वालिङ नगरउपप्रमुख कल्पना तिवारीले बताइन् ।

आमा समुह, युवाक्लबका प्रतिनिधिहरुको सहभागिता रहेको तालिममा कृष्ण आले थापा र कल्पना थापाले प्रशिक्षण दिएका थिए । तीन दिनसम्म सञ्चालित तालिममा झण्डै तीन सय जनाले तालिम लिएका छन् ।



प्रतिक्रिया दिनुहोस !