७ जेष्ठ २०८१, सोमबार

नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न अभिनेता सलमान खानसँग आग्रह

प्रकाशित मिति :  23 March, 2022 5:36 pm


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन् ।
मंगलबार अभिनेता खानसँग भर्चुअल संवाद गर्दै मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
मन्त्री आलले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि खुला भएको सन्देश विश्व समुदायलाई दिन अभिनेता खानसँग आग्रह गरे । मन्त्रीले खानको ठुलो फ्यान भएको र उनका धेरै फिल्म हेरेको समेत बताए ।
अभिनेता खानले पछिल्लो २ वर्ष कोरोनाका कारण समय खराब रहेको र नेपाल आउने आग्रह भएपनि समय नमिलेको भन्दै यसपटक भने एकदमै उत्साहित रहेको बताए
मन्त्रीको आलेकोे प्रस्तावलाई सकारात्मक रुपमा लिंदै सलमानले नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवद्र्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने समेत बताए ।
दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का लागि ओडीसी इन्टरटेनमेन्टले सलमानलाई जेठ १४ गते नेपाल ल्याउन लागेको हो ।
मन्त्री आललेसलमानलाई सगरामाथा आरोहणको निम्तो समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !