२४ बैशाख २०८१, सोमबार

असिना पानीसहित हिमपातको सम्भावना

प्रकाशित मिति :  14 March, 2020 9:17 am


काठमाडौं, १ चैत्र । 

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव परेको जनाएको छ  भने अहिले देशका मध्य र पूर्वी भागमा सामान्यदेखि पूर्ण बदली रहेको र पश्चिमी भूभागमा आंशिक बदली भईरहेको जानकारी दिएको छ ।

यसका साथै, पूर्वी भागका केही स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाले दिउँसो देशका पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदलीरहि मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

पूर्वानुमानका अनुसार देशका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

 



प्रतिक्रिया दिनुहोस !