५ जेष्ठ २०८१, शनिबार

कोरोना हेल्थ डेस्कमा लापरवाही

प्रकाशित मिति :  15 March, 2020 9:29 am


बाँके,  २ चैत । बाँके नेपाल–भारत मुख्य सिमानाका जमुनाहमा सञ्चालित कोरोना हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य परीक्षणको नाम र सङ्ख्याको विवरण राख्न लापरवाही भएको पाइएको

छ ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का नेतृत्वको टोलीले शनिबार गरेको अनुगमनमा डेस्कमा लापरबाही गरेको भेटिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाले दुई स्वास्थ्य कर्मचारीसहित स्थापना गरेको डेस्क व्यवस्थित नभएको देखिएपछि अनुगमन टोलीका सदस्य उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले स्वास्थ्यकर्मीलाई जाँच गरिएका सबैको विवरण राख्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी खड्काले शङ्कास्पद व्यक्ति पाइएमा भेरी अस्पतालमा तत्काल पठाउन निर्देशन दिँदै हेल्थ डेस्कमा एम्बुलेन्सको व्यवस्थासमेत गरेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !