७ जेष्ठ २०८१, सोमबार

संगीत मार्फत पर्यटन प्रवद्र्धन गरिने

प्रकाशित मिति :  30 March, 2022 6:31 am


काठमाडौं । नेपाली लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गरिने भएको छ । नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा नेपाली म्युजिक ब्यान्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) ले मंगलवार पर्यटन बोर्डमा सांगितिक कार्यक्रमका विषयमा अन्तक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले गीत संगीत पर्यटन प्रवद्र्धनको लागि शशक्त माध्यम भएको उल्लेख गर्दै सुरसुधा र (पीएफसीएफ) ले गरेका कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। ‘ अहिले नेपालमा करिब ९० प्रतिशतले कोरोना विरुद्धको खोप लिइसकेको अवस्था छ । नेपाल पर्यटनका लागि पुनः खुला भएकाले अब पर्यटकीय गतिविधी चलायमान हुने अपेक्षा गरेका छौं । ’ । उनले भनिन् ।

यस्तै सुरसुधाका संस्थापक सुरेन्द्र श्रेष्ठले (पीएफसीएफ) ले विश्वभरका कलाकारहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै विश्व शान्तिको सन्देश दिने गरेको बताए ।

कार्यक्रममा (पीएफसीएफ) का सह संस्थापक विलियम औराले संगीतले शान्ति सद्भाव र एकताको प्रतिक भएको बताउँदै नेपालको विविधिताबाट प्रभावित रहेको धारणा राखे ।

यस्तै (पीएफसीएफ)मा कार्यकारी निर्देशक ज्याक ग्रोसङले नेपाल कला र संस्कृतिका हिसावले धनी रहको उल्लेख गर्दै संगीतको माध्यमबाट नेपालको पर्यटन प्रर्वद्धन हुनेमा आफु र आफ्नो टीम विश्वस्त रहेको बताए ।

प्रख्यात नेपाली ब्याण्ड सुरसुधाले सन २००९ देखि प्लेईङ फर चेन्ज फाउण्डेशनसंगको सहकार्यमा नेपाली संगीतलाई विश्वमाझ पु¥याउन विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

यी दुवै ब्याण्डको सहकार्यमा नेपाल तथा विश्वभर विभिन्न कार्यक्रमहरु समेत आयोजना हुनेछन् । (पीएफसीएफ) ले सन् २००७ मा चार महादेशको १४ देश तथा ५० स्थानहरुमा यस प्रकारका कार्यक्रम आयोजना गरेको थियो । यो समुहको विश्वभर २ विलियन बढि फलोअर रहेको छन् ।



प्रतिक्रिया दिनुहोस !