५ जेष्ठ २०८१, शनिबार

प्रदेश- ५ का तीन जिल्लामा क्वारेण्टाइन स्थापना हुँदै, अस्पतालहरूमा ८९ वटा आइसोलेशन बेड तयार

प्रकाशित मिति :  15 March, 2020 2:41 pm


रूपन्देही, २ चैत । करिना भाईरस रोकथामका लागि  प्रदेश नम्बर ५ का तीन जिल्लामा क्वारेण्टाइन राखिने भएकाे छ । रूपन्देहीम बुटवलस्थित बुटवल धागो कारखाना, दाङकाे बेलझुण्डीमा रहेको आर्यूवेद अस्पताल र बाँकेको खजुरामा रहेको कपास निगमको भवनमा क्वारेण्टाइन स्थापना गर्न लागिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा  कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि क्वारेण्टाइन क्षेत्र बनाउन थालिएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।
क्वारेन्टाइनमा ४ सयदेखि ५ सय जना राख्न सकिने छ । प्रदेश ५ का सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेशन बेड तयारी अवस्थामा राखिसकिएको  छ। सम्बन्धित अस्पतालमा कोरोना भाइरसको उपचार गर्न र त्यस सम्बन्धी प्रवन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन् ।

 स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक आवतजावत गर्ने रुपन्देहीको बेलहिया नाकामा पनि हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षण गर्ने कार्य भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोद गिरीले जानकारी दिए । अहिलेसम्म प्रदेश ५ मा २ वटा केस शंकास्पद देखेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमध्ये १ जनामा नेगेटिभ देखिएको र अर्को एक जनाको रिर्पोट आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !