१९ मंसिर २०८२, शुक्रबार

पपुवा न्युगिनीलाई हराउँदै नेपालले जित्यो त्रिकोणात्मक सिरिजको उपाधी

प्रकाशित मिति :  4 April, 2022 3:53 pm


काठमाडौं । पपुवा न्युगिनी(पीएनजी) लाई हराउदै नेपालले त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी लाई ५० रनले हराउँदै घरेलु टोली नेपालले सिरिजको उपाधि हात पारको हो ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

जितसँगै सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ ।



प्रतिक्रिया दिनुहोस !