२६ बैशाख २०८१, बुधबार

अमेरिकी दूतावासद्वारा सबै भिसा अन्तरवार्ता रद्द

प्रकाशित मिति :  16 March, 2020 12:09 pm


काठमाडौं, ३ चैत्र । 


अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ । यो चैत ४ गते (मंगलबार) देखि लागू हुनेछ ।

अमेरिकी दूतावास नेपालले आफ्नो आधिकारिक फेसबुक पेजमा यसबारे जानकारी दिएको हो । दूतावासले लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं ।

दूतावासले एमआरभी भिसा शुल्क जुन मुलुकमा भुक्तानी गरिएको छ सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी दिएको छ ।

यसका साथै, अति जरुसी कारणवश तुरुन्त यात्रा गर्नका लागि आकस्मिक अनुरोधका लागि  दूतावासले उपलब्ध गराएको निर्देशनको पालना गर्न अनुरोधसमेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !