२३ बैशाख २०८१, आइतबार

सतुंगलमा ८ लाख४९ हजार ६ सय थान माक्स सहित २ व्यापारी पक्राउ

प्रकाशित मिति :  16 March, 2020 12:42 pm


काठमाडौं, ३ चैत्र । 

काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान प्रहरीले विष्णुदेवी विन्दवासिनीस्थित एक घरबाट १ सय ७७ बोरा माक्स  बरामद गरेको हो ।

प्रहरीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस !