५ जेष्ठ २०८१, शनिबार

काठमाडौंको सानोभर्‍याङबाट १० लाख मास्कसहित एक जना पक्राउ

प्रकाशित मिति :  18 March, 2020 2:51 pm


काठमाडौं, ५ चैत । कालोबजारी गर्ने प्रहरी फन्दामा पर्न सुरु गरेका छन् ।

काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सानोभर्‍याङबाट गोरखा आरुघाटका युवराज न्यौपाने पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले एक जना पक्राउ परेको जानकारी दिए।

बजार मूल्यभन्दा बढीमा बेच्न खोजेको सूचना आएपछि न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण वेला कालोबजारी गरेर सर्वसाधारणलाई दुःख दिइएको गुनासो आएपछि निगराढी बढाउने क्रममा न्यौपाने पक्राउ परेको एसएसपी थापाको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !