स्वर्गद्वारी आश्रमको नयाँ उत्तराधिकारीमा डा.धुब्र श्री
प्रकाशित मिति : 18 March, 2020 3:39 pm

दाङ, ५ चैत । प्रसिद्ध तिर्थस्थल प्यूठानको स्वर्गद्वारी आश्रमको नयाँ उत्तराधिकारीमा डा.धुब्र श्री (रुद्रानन्द बह्मचारी) नियुक्त भएका छन् । पिठाधिस स्वामी भगवतान्द गिरीले आफ्नाे उत्तराधिकारीमा डा.ध्रुव श्रीलाई नियुक्त गरेका हुन् ।
स्वामी गिरीले एक वर्षसम्म गरेको कठोर तपस्यापछि दाङमा आयोजना गरिएको शक्ति महायज्ञको समापन कार्यक्रममा मंगलबार स्वर्गद्वारीको नयाँ उत्तराधिकारी घोषणा गरिएको हो । भक्तपुरका बासिन्दा नयाँ उत्तराधिकारी ध्रुबले वेदमा पिएचडी गरेका छन् ।
१२ अौं पुस्ताको उत्तराधिकारी घोषणा गर्दै पिठाधिस् स्वामी भगवतान्द गिरीले भने,’ आजदेखि मेरो उत्तराधिकारीका रूपमा ध्रुव श्रीलाई तोक्दछु ।’