१२ श्रावण २०८१, शनिबार

अदालतका श्रेस्तेदार घुस रकम सहित मदिरा पसलबाट पक्राउ

प्रकाशित मिति :  19 March, 2020 9:17 am


कास्की,६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले बुधबार राति मुद्दाका एक पक्षसँग र ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पराजुलीलाई पोखरा–५ पस्र्याङस्थित एक पसलबाट पक्राउ गरेको हो । आयोगका सूचना अधिकारी मेघनाथ रिजालले श्रेस्तेदार पराजुलीलाई एक मदिरा पसलबाट अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गर्दै उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले घुस मागेको बताइएको छ । शुरुमा ५० हजार रुपैयाँ मागेका उनले छलफलका क्रममा ३० हजारमा कुरा मिलाएर रकम बुझेको स्रोतले जनाएको छ । श्रेस्तेदार पराजुलीको सर्वोच्च अदालतमा हालै सरुवा भइसकेको थियो ।



प्रतिक्रिया दिनुहोस !