२६ बैशाख २०८१, बुधबार

शुक्रबारदेखि उपत्यकाका ५ स्थानमा सुपथ मूल्यका पसल खोल्ने सरकारको तयारी

प्रकाशित मिति :  19 March, 2020 5:04 pm


काठमाडौं, ६ चैत्र । 

सरकारले काठमाडौं उपत्यका विभिन्‍न ५ ठाउँमा सुपथ मूल्यका पसल खोल्ने तयारी गरेको छ । शुक्रबारदेखि उपत्यका विभिन्‍न ५ स्थानमा सुपथ मूल्यको पसल खोल्ने तयारी गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताए ।

बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले शुक्रबारदेखि साल्ट ट्रेडिङ कर्पोरेसनमा सुपथ मूल्यका पसल सञ्चालन गर्ने जानकारी दिएका छन् ।

मन्त्री भट्टले खाद्यान्‍न ४ देखि ६ महिनासम्मलाई पुग्‍ने अवस्थामा रहेको बताए। यस्तै ८ महिनासम्मलाई पुग्‍ने औषधि, १० महिनासम्मका लागि पुग्‍ने नुन र ३ महिनासम्मका लागि पर्याप्त मौज्जाद पनि रहेको मन्त्री भट्टले बताए।



प्रतिक्रिया दिनुहोस !