८ जेष्ठ २०८१, मंगलबार

कोरोना भाइरसको संक्रमणबारे गलत प्रचार गरेको आरोपमा एक युवक पक्राउ

प्रकाशित मिति :  21 March, 2020 4:38 pm


काठमाण्डौं,८ चैत । कोरोना भाइरसको संक्रमणबारे अनर्गल प्रचार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका थिए । अफबाहपूर्ण उक्त अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म नेपालमा एक जनामा पनि देखिएको छैन । तर, सरकारले संक्रमण भित्रन सक्ने भन्दै उच्च सावधानी अपनाएको छ। यद्यपी कोरोना भाईरस फैलिएको भन्दै गलत हल्ला बेलाबेलामा हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !