४ जेष्ठ २०८१, शुक्रबार

विभिन्न देशबाट नेपाल फर्किएका ६२ नेपालीलाई भक्तपुरको क्वारेन्टाईन पठाईयो

प्रकाशित मिति :  21 March, 2020 8:03 pm


Sjf/]G6fOg:yn eQmk’/, # kmfu’g rLgsf] j’xfgaf6 NofOg] g]kfnLnfO{ /fVg eQmk’/ vl/kf6Ll:yt g]kfn ljB’t k|flws/0fdf agfOPsf] Sjf/]G6fOg:yn . ;/sf/n] j’xfgdf a;f]af; ub}{ cfPsf g]kfnLnfO :jb]z Nofpg] tof/L ul//x]sf] 5 . tl:j/ M /d]z lu/L, /f;;

काठमाण्डौं,८ चैत । विभिन्न देशबाट आज नेपाल फर्किएका ६२ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाईनमा लगिएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका विभिन्न देशबाट ६२ नेपाली स्वदेश फर्किएका थिए ।

आज थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ जनालाई नेपाल फर्काइएको हो । स्वदेश फर्काइएका उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाईन पठाएको थियो । ७६ वर्षीया एक वृद्धासहित पाँच महिला र ५७ जना पुरुषलाई क्वारेन्टाईनमा राखिएको छ ।

विमानस्थलमा ज्वरो नापिएको उनीहरुको क्वारेन्टाईनमा पनि ल्याएर ज्वरो परीक्षण गरिएको नेपाली सेना बीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए। क्वारेन्टाईनमा दुई जना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँच जना सेवामा खटिएको र एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा राखिएको छ । उनीहरुको स्वाब भने भोलि सङ्कलन गरिनेछ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले विमानस्थलबाट उनीहरुलाई बसमा राखेर स्कटिङ गर्दै सुरक्षित रुपमा पौने ६ बजे क्वारेन्टाइन पु¥याएको जानकारी दिए । उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ भने त्यसबीचमा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ भए उपचारका लागि शदीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाडौँ पठाईने छ । स्वेच्छाले देश फर्किएका उनीहरु क्वारेन्टाईनमा रहँदाको खर्च आफैँले गर्नेछन् । नेपाल विद्युत प्राधिकरणको चमेनागृहमा खाना बनाएर प्याकिङ गरी उनीहरुलाई पठाइएको र क्वारेन्टाईन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको सबै व्यवस्थापन मिलाइएको छ ।

केही समयअघि कोरोनाको आशङ्कामा सरकारले चीनबाट ल्याएका १७५ जनालाई पनि सोही क्वारेन्टाईनमा राखिएको थियो ।



प्रतिक्रिया दिनुहोस !