४ बैशाख २०८१, मंगलबार

रोल्पाको सुनछहरी गाँउपालिकाले भन्यो,‘अति आवश्यक कामबाहेक गाँउपालिका छोडेर बाहिर नजानुस् ।’

प्रकाशित मिति :  22 March, 2020 7:41 am


काठमाण्डौं, ९ चैत । रोल्पाको सुनछहरी गाँउपालिकाले अत्यावश्यकीय अवस्थाबाहेक गाँउपालिका छोडेर बाहिर नजान आग्रह गरेको छ । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि भन्दै गाँउपालिकाले अति आवश्यक कामबाहेक गाँउपालिकाभित्रका नागरिकलाई बाहिर जान रोक्ने निर्णय गरेको हो । शनिबार बसेको बैठकपछि गाँउपालिकाले भनेको छ,‘ कोरोनाको महामारीबाट हुनसक्ने जोखिमलाई मध्यनजर राख्दै अति आवश्यक कामबाहेक गाँउपालिकाभित्रका नागरिकलाई बाहिर जान रोक्ने तथा भिडभाड गर्न नदिने निर्णय गरिएको छ ।’

गाँउपालिकाले गाँउपालिका भित्र जाने घुम्ती व्यापारीहरुलाई समेत तत्काल अर्को व्यवस्था नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ । गाँउपालिकाले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लाको पूर्वी भागमा रहेका ३ वटा गाँउपालिकाहरुबीच आवश्यक समन्वय गरि रोकथामका उपायहरु अपनाउन पहल गर्ने निर्णय समेत गरेको छ । त्यस्तै सुनछहरी गाँउपालिका अन्तर्गत रहेका सम्पूर्ण होटल व्यवसायीलाई मदिरापान रोक्न तथा सरसफाईका लागि अनुरोध समेत गरेको छ ।

गाँउपालिका अन्तर्गतको स्वास्थ्य चौकीमा २० वटा बेडसम्मको छुट्टै कक्षा निर्माण गर्ने निर्णय गरेको छ । गाँउपालिकाले भनेको छ,‘कोभिड—१९ कोरोना भाईरसको पूर्व रोकथामको लागि प्रत्येक स्वास्थ्य चौकीमा कम्तिमा ५ वटा वेड र गाँउपालिकामा २० वटा सम्म बेडको व्यवस्था मिलाउने निर्णय गरिएको छ । ’

प्रत्येक सार्वजनिक निकायहरुमा हात धुनका लागि ड्रम तथा सावुनको तत्काल व्यवस्था मिलाउनका लागि स्वास्थ्य शाखा, सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य कार्यालयलाई निर्देशन दिने गाँउपालिकाले निर्णय गरेको छ  ।



प्रतिक्रिया दिनुहोस !