१० पुस २०८२, बिहिबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमामा नेपाल आउने

प्रकाशित मिति :  3 May, 2022 10:48 am


काठमाडौं । भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमाका दिन मोदी नेपाल भ्रमणमा आउने तयारी छ। बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन्।

उनी दिल्लीबाट हालै सञ्चालनमा आएको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको छ । २०१८ मा नेपाल भम्रणमा आएका उनको समय अभावका कारण लुम्बिनी भ्रमण कार्यक्रम स्थगित गरिएको थियो । प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए।

नेपालका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुनेछन् । एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसैले मोदीको नेपाल भ्रमणको क्रममा द्विपक्षीय कुराकानी नहुने हिन्दूको समाचारमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !