८ जेष्ठ २०८१, मंगलबार

पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन, रक्तदान कार्यक्रम स्थगित नगर्न आग्रह

प्रकाशित मिति :  22 March, 2020 1:31 pm


फाईल फोटो

कास्की, ९ चैत । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् ।
गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो । अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले जनाएको छ । रगत अभाव भएपछि विभिन्न सङ्घसंस्थाले आकस्मिक कार्यक्रम आयोजना गरेका थिए ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट बिरामी उपचारका लागि पोखरा पुग्ने गर्दछन् । दैनिक ७० युनिट रगत माग हुने गरेको भन्दै यही चैत १५ गतेसम्मका लागि विभिन्न सङ्घसंस्थाको आयोजनामा गरिने रक्तदान कार्यक्रमको तालिका रहेकाले त्यस्ता कार्यक्रमलाई स्थगन नगर्न केन्द्रले आग्रहसमेत गरेको छ ।

केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले सम्भव भएसम्म नियमित रक्तदानका कार्यक्रम हुनुपर्ने बताए । भनले भने,‘गत हप्ता पाँच वटा कार्यक्रम स्थगित हुँदा बजारमा रगतको अभाव भयो । अहिले १५ गतेसम्मलाई क्यालेडरमा छ । कोरोनाको जोखिमले वार्षिक कार्यक्रम स्थगित नगर्नुहोस् भनेका छौँ । आवश्यकता हेरेर रक्तदान गरे सहजरूपमा मागको पूर्ति हुने अवस्था छ ।’



प्रतिक्रिया दिनुहोस !