७ जेष्ठ २०८१, सोमबार

प्रदेश-५ सरकारले भन्यो,‘कोरोना नियन्त्रणका लागि विस्तृत र मसिनो योजनासहित गम्भिर बनौं’

प्रकाशित मिति :  22 March, 2020 8:02 pm


रुपन्देही, ९ चैत । प्रदेश ५ सरकारले कठोर अनुशासन पालना गरेमात्रै कोरोना नियन्त्रण सम्भव भएको भन्दै धैर्यता र अनुशासन पालना गर्न सबैलाई अपिल गरेको छ ।

सामाजिक विकासमन्त्रालयले आईतबार विज्ञप्ति जारी गर्दै चीन,कोरियासहितका देशमा कोरोना भाईरस नियन्त्रणतर्फ गईरहेको भन्दै सबैलाई धैर्यता र अनुशासन पालनाका लागि आग्रह गरेको हो । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले निकालेको विज्ञप्तिमा भनिएको छ,‘विश्वभर फैलिएको कोभिड-१९ एक जोखिमपूर्ण महामारी भएपनि कठोर स्वास्थ्य अनुशासन पालना गरेमा नियन्त्रण सम्भव छ, यसरी नै चीनले महामारीको नियन्त्रण गरिसकेको छ,कोरिया लगायत कतिपय मुलुकहरु नियन्त्रण गर्ने दिशामा अघि बढेका छन्, त्यसैले धैर्यता र अनुशासनको पालना गर्नुहोस् ।’

सरकारी तथा गैरसरकारी संस्थाहरुलाई प्रचार,निर्देशन र घोषणाले मात्रै कोरोना भाईरस नियन्त्रण सम्भव नभएको भन्दै यसको विस्तृत र मसिनो योजनासहित गम्भीर तयारी गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलसहित कार्यक्षेत्रमा खट्न आग्रह गरेको छ । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘ यतिबेला मुलुकलाई तपाईंहरुको योगदानको सर्वाधिक खाँचो छ,उच्च मनोवलसहित कार्यक्षेत्रमा खट्नुहोस्,विजयको शुभकामना !’

 



प्रतिक्रिया दिनुहोस !