६ बैशाख २०८१, बिहिबार

स्वर्ण विजेता सञ्जु झुण्डिएको अवस्थामा मृत फेला

प्रकाशित मिति :  10 May, 2022 10:56 am


काठमाडौं । भारोत्तोलनकी खेलाडी सन्जु चौधरी बन्द कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको बताए ।

चौधरीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको एसपी शाहले बताए । हालसम्म घटनास्थलमा कुनै सुसाइड नोट भने भेटिएको छैन । प्रहरीले प्रारम्भिक घटना जाँच मुचुल्का बनाइसकेर शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी गरेको छ ।

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।

बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जु सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !