२१ जेष्ठ २०८०, आइतबार

मनाङका चारै स्थानीय तहको नतिजा सार्वजनिक: २ पालिका एमाले,२ पालिकामा कांग्रेस विजयी

प्रकाशित मिति :  14 May, 2022 2:41 pm


काठमाडौं । मनाङका सबै स्थानिय तहको नतिजा आइसकेको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार चार वटा गाउँपालिका मध्ये २ वटा गाउँपालिकामा नेकपा एमाले र २ वटा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मनाङको चामे गाउँपालिका र ङिस्याङ गाउँपालिकामा एमालले जीत हाँसिल गरेको छ भने जिल्लाकै नार्पा भूमि गाउँपालिका र नांसो गाउँपालिकामा नेपाली कांग्रेसले जीत हाँसिल गरेको छ ।

एमालेले चामे गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर घले ३३० मत ल्याएर विजयी भएका छन् । मनाङ ङिस्याङ गाउपालिकाको अध्यक्षमा एमालेकै कान्छा घले ८६१ मत ल्याएर विजयी भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट जिल्लाको नार्पा भूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भएका छन् । नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै धनबहादुर गुरुङ ८२० मतले निर्वाचित भएका छन् ।

चार गाउँपालिकाको उपाध्यक्षमा प्रमुख तीन पार्टीका एक(एक जना निर्वाचित भएका छन् । बाँकी एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

जिल्लाको चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा ३३५ मत ल्याएर विजयी भएका छन् भने ङिस्याङ गाउपालिकाको उपाध्यक्षमा स्वतन्त्रबाट छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन् ।

नासों गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९१३ मत ल्याएर विजयी भए भने नार्पा भूमि गाउँपालिकाको उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !