१२ बैशाख २०८१, बुधबार

रोल्पाको परिवर्तन गाँउपालिकाद्धारा अत्यावश्यक बाहेकका सेवा बन्द,विदेशबाट फर्कनेको लागत राख्ने

प्रकाशित मिति :  23 March, 2020 11:36 am


रोल्पा, १० चैत । रोल्पाको परिवर्तन गाँउपालिकाले अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेको छ । कोरोना भाईरस (कोभिड-१९) को जोखिम बढेपछि सरकारको निर्णय अनुसार अन्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकाका प्रशासकीय अधिकृत राजेश बोहोराले निकालेको विज्ञप्तिमा चैत २१ गतेसम्म अत्यावश्यकीय बाहेकका सेवा बन्द गरिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,‘ गाँउपालिकाबाट नियमित रुपमा प्रदान हुँदै आएका अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द रहेको वेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

त्यस्तै गाँउपालिकाले सबै वडाहरुलाई जानकारी पठाउँदै वडा कार्यालय नियमित सञ्चालन गर्ने र आन्तरिक काममात्रै गर्न भनेको छ । प्रमुख प्रशासकीय अधिकृत नन्दाराम परियारले संप्रेशण गरेको पत्रमा विदेश तथा भारतबाट फर्कनेको लागत राख्न भनिएको छ । गाँउपालिकाले सम्भावित र संकास्पद व्यक्ति देखिएका सम्पर्कका लागि स्वास्थ्यकर्मीलाई समेत तोकेको छ ।



प्रतिक्रिया दिनुहोस !