१२ श्रावण २०८१, शनिबार

अन्य जिल्ला गएका विद्यार्थी फर्काउन गाउँपालिकाले ३० लाख रुपैयाँ छुट्टायो

प्रकाशित मिति :  23 March, 2020 12:12 pm


डोल्पा, १० चैत । डोल्पाको एक गाउँपालिकाले अन्य जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि ३० लाख रुपैयाँ रकम छुट्याएको छ । काइके गाउँकार्यपालिकाको आपतकालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३ सय विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको हो ।

देशव्यापीरूपमा कोरोनाको त्रासका कारण नेपालगञ्ज, काठमाडौं, पोखरा, सुर्खेतलगायतका जिल्लामा पढ्न गएका विद्यार्थीहरु घर फर्कन चाहेकाले उनीहरुलाई फर्काउनका लागि बैठकबाट ३० लाख रकम छुट्याइएको गाउँपालिकाका अध्यक्ष अङ्गत रानाले जानकारी दिए ।

आफू बसेको ठाउँबाट हवाईजहाज वा गाडी जुनसुकै सवारी साधनबाट घर फर्कने विद्यार्थीको भाडा गाउँपालिकाले व्यहोर्ने उनले बताए । विद्यार्थीका लागि छुट्याइएको ३० लाख रकमबाट मास्क, स्यानिटाइजर र साबुन पनि खरिद गरिने छ ।



प्रतिक्रिया दिनुहोस !