१२ श्रावण २०८१, शनिबार

फ्रान्सबाट फर्किएकी एक नेपाली विद्यार्थीमा कोरोना भाइरस संक्रमण, संगै आएकाको सरकारद्धारा खोजी

प्रकाशित मिति :  23 March, 2020 12:54 pm


काठमाण्डौं, १० चैत । फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको सरकारले जनाएको छ ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट फर्किएकी एक नेपाली विद्यार्थीमा कोरोना भाईरस देखिएको जानकारी दिएका हुन् । संक्रमित विद्यार्थीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। फ्रान्सबाट कतार हुँदै चैत ४ गते काठमाडौं विमानस्थलमा ओर्लिएकी युवतीमा कोरोनो देखिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् । अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भईरहेको छ ।

१९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए। युवतीमा संक्रमणको पुष्टिभएपछि उनको परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छ । मन्त्री ढकालले जहाजमा आएका अन्य मानिसबारे खोजी भईरहेको मन्त्री ढकालको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !