१२ श्रावण २०८१, शनिबार

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित २ जनाको दुर्घटनामा मृत्यु

प्रकाशित मिति :  23 March, 2020 6:24 pm


दाङ, १० चैत । दाङमा भएको दुर्घटनामा रोल्पाको गंगादेव गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित २ जनाको मृत्यु भएको  छ । काठमाडौँबाट दाङ आउदै गरेको बा६ख ३९६७ नंको बस र लमहीबाट पूर्वतर्फ जाँदै गरेको रा१ब ८१८ नं.को मोटरसाइकल गढ्वा गाउँपालिका–१ कालाकाटेमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गङ्गादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुन र गाउँपालिकाकै कम्प्युटर अपरेटर रमेश ओलीको मृत्यु भएको हो । पुनको घर रुकुम त्रिवेणी गाउँपालिका–२ खारा हो भने ओलीको घर तुलसीपुर उपमहानगरपालिका–५ हो । पुनको घटनास्थलमै र ओलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !