१२ श्रावण २०८१, शनिबार

नेपाल एक हप्ता ‘लक डाउन’ (निर्णयसहित)

प्रकाशित मिति :  23 March, 2020 7:59 pm


काठमा, १० चैत ।

सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि ‘लक डाउन’ गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड—१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।

समितिको निर्णय अनुसार चैत ११ गतेदेखि चैत १८ गतेसम्म एकहप्ता मुलुक लक डाउन हुँनेछ । औषधी उपचार,खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक कुनैपनि व्यक्ति घरबाहिर नस्किन पाउने छैनन् । सरकारले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी,सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

त्यस्तै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बहेक अन्य सबै प्रकारका सार्वजनिक वा नीजि यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय पनि सरकारले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !