१२ श्रावण २०८१, शनिबार

लक डाउनमा दुग्ध पदार्थ नियमित, तरकारी र खाद्यान्न आपूर्ति पनि सहज हुने

प्रकाशित मिति :  23 March, 2020 10:04 pm


काठमाडाैं । 

मंगलबारदेखिकाे एक हप्ते लक डाउनकाे क्रममा दूध तथा दुग्ध पदार्थकाे आपूर्ति नियमित सरह सहज रूपमा हुने भएकाे छ । दुग्ध आपूर्तिकाे करिव ५० प्रतिशत दुग्ध विकास संस्थानले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै सदाझैं देशभर दुध तथा दुग्ध पदार्थकाे आपूर्ति हुने जनाएकाे छ ।

संस्थानले देशभरका दुग्ध संकलन तथा विक्री केन्द्रहरू व्यवस्थित गर्न सम्पर्क नम्बर सहित प्रेस विज्ञप्ति जारी गरेकाे हाे । बजारकाे ५० प्रतिशत हिस्सा आेगट्ने नीजि डेरी उद्याेगीहरूले पनि निरस्तर आपूर्ति गर्ने जनाएका छन् । दुग्ध क्षेत्रका दुइ संस्था नेपाल डेरी एशाेसिएसन र डेरी उद्याेग संघ अन्तर्गतका डेरी तथा घरेलु डेरीहरूबाटसमेत नियमित अापूर्ति हुने भएकाे छ ।

भुकम्प र नाकाबन्दीमा समेत नियमित रूपमा आपूर्ति गरेकाले याे लकडाउनमा पनि आपूर्ति सहज रूपमा गर्न सक्रिय हुने नेपाल डेरी एशाेसिएसनका अध्यक्ष राधाकृष्ण सापकाेटाले बताए । ‘बालकदेखि वृद्धसम्म आवश्यक पर्ने भएकाले हामीले जस्ताेसुकै अवस्थामा पनि अवस्थामा पनि दुधकाे आपूर्ति गर्दै आएका छाैं, याे लकडाउमा पनि हामी नियमित अापूर्ति गर्छाैं,’ उनले भने । डेरी उद्याेग संघका अध्यक्ष राजकुमार दाहालले लकडाउनमा अत्यावस्यक वस्तुकाे आपूर्ति गर्ने सरकारी निर्णय अनुरूप आपूर्ति निरन्तर गरिने बताए ।

लकडाउन सम्बन्धि  विवरण खुलाइएकाे सरकारी विज्ञप्तिमा दुध, पानी, खाद्यान्न लगाएका अत्यावस्यकीय वस्तु निरन्तर अापूर्ति हुने जनाइएकाे छ । जसमा तरकारी, फलफुल, दाल, चामल, तेल लगाएतका कृषि उपज पर्दछन् ।



प्रतिक्रिया दिनुहोस !