२९ पुस २०८२, मंगलबार

काठमाडौंदेखि चितवनको यात्रा एक घण्टाभित्र हुने गरी द्रुत मार्ग निर्माण हुने

प्रकाशित मिति :  29 May, 2022 5:42 pm


काठमाडौं । सरकारले काठमाडौंदेखि चितवनको यात्रा एक घण्टाभित्र हुने गरी द्रुत मार्ग निर्माण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेमा ‘नेपालको सपना, परिवर्तनकारी पूर्वाधार योजना’ नारासहित रणनीतिक पूर्वाधारका क्षेत्रमा बजेट बढाएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्नेगरी चन्द्रागिरी-चित्लाङ-पालुङ-चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गर्ने जानकारी दिए ।

उनले चितवन-रामपुर-बुटवल,चितवन-रामपुर-पोखरा द्रुत मार्ग नीजि क्षेत्रमो लगानीमा गर्न लगानी बोर्ड मार्फत प्रकृया अगाडि बढाउने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !