१२ श्रावण २०८१, शनिबार

कैलालीको गौरीफन्टा नाकामा सयौं नेपाली अलपत्र,जर्वजस्त नेपाल प्रवेश गर्न खोज्दा तनाव

प्रकाशित मिति :  24 March, 2020 11:05 am


कैलाली, ११ चैत । नेपाल पूर्ण रुपमा लक डाउन भएपछि कैलालीको गौरीफन्टा नाकामा सयौं नेपाली अलपत्र परेका छन् । कैलालीसंग जोडिएको गौरीफन्टा नाकामा पनि गएरातीदेखि नै सयौँ नेपाली अलपत्र परेका हुन् ।

उनीहरुले नेपाल प्रवेशको अनुमती पाएका छैनन् भने सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दशगजामै रोक्न हम्मे हम्मे परेको छ । स्थानीय प्रशासनले भने उनीहरुलाई प्रवेश गराउनका लागि गृह मन्त्रालयको आदेश पर्खिरहेको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृहसंग समन्वय भईरहेको बताउँदै अलपत्र नेपालीलाई गन्तव्यमा पुराउन पहल भईरहेको जानकारी दिए।

सोमवार साँझसम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमती भएपनि राती आएका भने सिमामै रोकिएका थिए ।
सशस्त्र प्रहरीले माईकिङ गर्दै सीमामा पुगेका नेपालीहरुसंग जिल्लागत विवरण मागेको छ। गौरीफन्टा नाकामा अलपत्र परेका सयौँ नेपालीले सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्ने प्रयास समेत गरेपछि तनावको अवस्था बनेको छ । केही दशगजना क्षेत्रबाट नेपाली भुमीमा प्रवेश गरिसकेका छन्।



प्रतिक्रिया दिनुहोस !