६ कार्तिक २०८१, मंगलबार

कोरोना भाइरसका बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मी र कर्मचारीको मृत्यु भए १० लाख रुपैयाँ दिईने

प्रकाशित मिति :  24 March, 2020 12:03 pm


लमजुङ, ११ चैत । लमजुङको बेसीशहर नगरपालिकाले कोरोना भाइरस लागेका बिरामीको उपचार गर्ने क्रममा भाइरस सरेर मृत्यु वा अंगभंग भएमा स्वास्थ्यकर्मी र कर्मचारीलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

नगरपालिकाको आज बसेको बैठकले कोरोना भाइरस विरुद्ध लड्न एक करोड रुपैयाँ विनियोजन गर्दै स्वास्थ्यकर्मी र कर्मचारीका लागि समेत राहतको घोषणा गरेको हो । त्यस्तै प्रत्यक वडामा थर्मगन किन्न १ लाख १० हजार रुपैयाँ विभियोजन गरिएको छ । ७५ बर्ष माथि उमेरका बृद्वबृद्वालाई घर घरै स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाको निर्णय छ ।

बैठकले नगरभित्र १ हजार शैयाको क्वारेनटाइन स्थल बनाउने र नगरभित्र निशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याउने घोषणा गरेको नगरप्रमुख गुमानसिंह अर्यालले जानकारी दिए । गाँउपालिकाले लक डाउनलाई पूर्ण पालनगरी घरभित्रै रहन नगरबासीमा आब्हान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !