१२ श्रावण २०८१, शनिबार

पोखरामा गलत हल्ला फैलाउने क्रिश्चियन धर्म गुरु पक्राउ

प्रकाशित मिति :  24 March, 2020 2:31 pm


कास्की, ११ चैत । क्रिश्चियनहरुलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै भ्रामक प्रवचन दिने एक जना पास्चर (क्रिश्चियन धर्म गुरु) कास्कीमा पक्राउ परेका छन् ।
जुम्ला स्थायी घर भै हाल पोखरा महानगरको वडा नम्बर—२९ पावर हाउस बस्दै आएका प्रशस्त कटनी मण्डलीका पास्चर केशवराज आचार्यलाई प्रहरीले भ्रामक प्रचार गरेको आरोपमा पक्राउ गरेको हो ।

विश्वव्यापी रुपमा कोरानाको त्रास फैलिएको बेलामा पनि भ्रामक प्रवचन दिएर धर्मकै प्रचार गरिरहेका पाईएपछि आचार्यलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले विपदको बेलामा अफवाह फैलाएको तथा धर्म प्रचार प्रसार अभियोगमा उनलाई मुद्दा चलाउने तयारी भैरहेको छ । उनलाई ६ महिनासम्म कैद सजाय हुन सक्छ ।

केही दिन अघि उनले लेखनाथकै तालचोक आसपासका सुकुम्बासी बस्तीका स्थानीयलाई जम्मा पारेर प्रभु यसुका अनुयायीलाई कोरोराले छुनै सक्दैन भन्दै उनले अफवाह फैलाउने प्रवचन दिएका थिए। कास्की प्रहरीले यस्ता भ्रामक अफवाहको विश्वास नगर्न र भिडभाडमा नजान आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !