१९ मंसिर २०८२, शुक्रबार

नेपाल ८ रनमै अलआउट

प्रकाशित मिति :  4 June, 2022 3:21 pm


काठमाडौं । आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रको छनोट अन्तर्गतको खेलमा नेपाल मलेसियाविरुद्धको खेलमा ८ रनमै अलआउट भएको छ ।

मलेसियाको यूकेएम ओभलमा शनिबार भएको खेलमा खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल ८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउदै ८ रनमा समेटिएको हो ।

नेपालका ६ जना ब्याट्समेन शुन्य रनमा आउट हुदाँ स्नेहा महराले सर्वाधिक ३ रन बनाइन् । यूएईका लागी माहिका गौरले ४ ओभरमा २ रन खर्च गर्दैै ५ विकेट लिइन् भने इन्धुजा नन्दाकुमारले ३ विकेट लिइन् ।

खेलमा यूएईले ११३ बल अगावै अर्थात ७ बलमै नेपाललाई १० विकेटले पराजित गरेको छ ।

यसअघि शुक्रबार नेपालले कतारलाई ७९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

छनोटमा आयोजक मलेसियासहित नेपाल, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !