२ भाद्र २०७९, बिहिबार

भारत आजरातिदेखि २१ दिन ‘लक डाउन’

प्रकाशित मिति :  24 March, 2020 8:43 pm


एजेन्सी, ११ चैत । भारतमा सरकारले २१ दिन पुरै देश लकडाउन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै आजराति १२ बजेदेखि पुरै देशलाई २१ दिन लकडाउन गर्ने घोषणा गरेका हुन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भनेका छन्,‘२१ दिन सम्हालिएनौं भने मुलुक २१ बर्ष पछाडी जाने छ ।’ प्रधानमन्त्री मोदीले जस्तोसुकै अवस्था आएपनि घरमै रहन देशवासीलाई आग्रह गरेका छन् । उनले कोरोना भाइरस नियन्त्रणका लागि सबै देशवासी घरभित्रै बस्नुको कुनै विकल्प नरहेको भन्दै पिडित देशबाट सिक्न आग्रह गरेका छन् । ’

मोदीले ६ दिनअघि देशवासीको नाममा सम्बोधन गर्दै जनता कफर््यु घोषणा गरेका थिए । मोदीले अब देशवासीको अनुशासन र धैर्यता परीक्षाको दिन आएको बताए । भारतमा कोरोना भाइरसको संक्रमण दर बढिरहेको छ । अहिलेसम्म ४ सय ९१ जना संक्रमित भेटिएका छन् भने ९ जनाको मृत्यु भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस !