२३ बैशाख २०८१, आइतबार

गर्मी बढेपछि गोदावरीका विद्यालय बन्द गर्ने निर्णय

प्रकाशित मिति :  8 June, 2022 6:09 pm


धनगढी । अत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । आज एक सूचना जारी गर्दै नगरपालिकाले गर्मीका कारण जेठ २६ देखि ३१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सूचनामा गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा लामो बिदाबाट मिलान हुने गरी बिदा गर्न हुन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !