२३ बैशाख २०८१, आइतबार

भारतीय महिला ब्याटर मिथाली राजले लिइन् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

प्रकाशित मिति :  8 June, 2022 7:04 pm


काठमाडौं । भारतीय महिला क्रिकेट टिमकी ब्याटर मिथाली राजले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेकी छन् ।

बुधबार सामाजिक संजालबाट उनले २३ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेकी हुन् । उनले सन्यास घोषणा गर्दै समर्थकको साथ र सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेकी छन् ।

उनले लेखेकी छन् ‘मैले खेलेका हरेक खेलमा मैले भारतलाई जिताउनका लागि खेलें । भारतका लागि खेलें । आगामी दिनमा पनि यो खेलमा म आबद्ध भइ रहन मन पराउने छु जुन खेललाई म प्रेम गर्छु’ ।

मिथालीले भारतका लागि १२ टेस्ट, २ सय ३२ एकदिवसीय अन्तराष्ट्रिय र ८९ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेकी छन् । सन् १९९९ मा आयरल्यान्डमा भएको एकदिवसीय अन्तर्राष्ट्रियबाट उनले डेब्यु गरेकी थिइन् ।

उनले २०१९ मा टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएकी थिइन् । २ पटकसम्म विश्वकपमा टिमलाई नेतृत्व गरेकी उनी भारतीय महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।



प्रतिक्रिया दिनुहोस !