१२ श्रावण २०८१, शनिबार

स्याङ्जाको वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा

प्रकाशित मिति :  25 March, 2020 8:07 am


स्याङ्जा, १२ चैत । स्याङ्जाको वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् ।

विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव दिएपछि उनीहरु होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ ।

‘नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरिरहेका छौं’, नगर प्रमुख दिलीपप्रताप खाँणले भने, ‘विदेशबाट फर्किएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न सुझावसहित निगरानी तथा अनुगमन पनि अगाडि बढाएका छौं ।’

विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलवासीहरुलाई आग्रह गरेका छन् ।

टोलवासीहरुले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर÷घरमा पुगेर विदेशबाट आएका दाजुभाई तथा दिदीबहिनीलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले बताईन् । नगरका १४ वटै वडामा विदेशबाट आएकाहरुको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिइने स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।
–––



प्रतिक्रिया दिनुहोस !