२३ बैशाख २०८१, आइतबार

भारतमा बढ्न थाल्यो कोरोना संक्रमण, एकदिनमै ८ हजार ५८२ संक्रमित

प्रकाशित मिति :  13 June, 2022 10:51 am


काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणदर बढ्न थालेको छ । पछिल्लो केही दिनयता भारतमा संक्रमणदर बढ्दै गएको भारतिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार मात्रै त्यहाँ ८ हजार ५८२ जनामा कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये सबैभन्दा बढी महाराष्ट्रमा भेटिएका छन् जहाँ २९२२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ४ करोड ३२ लाख २२ हजार १७ जनामा पुगेको छ । जसमध्ये ५ लाख २४ हजार ७६१ जनाको संक्रमणबाट ज्यान गएको छ ।

अघिल्ला कोराना महामारीका लहरमा सङ्क्रमण दर उच्चविन्दूमा रहेको भारतमा लगभग २०० करोड जनाले कारोनाविरुद्धको खोप लगाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !