१२ श्रावण २०८१, शनिबार

नेपालमा थप एकजना कोरोना भाइरसका संक्रमित भेटिए

प्रकाशित मिति :  25 March, 2020 12:51 pm


काठमाण्डौं, १२ चैत । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् ।

काठमाण्डौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ६ सय ८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ जनामा नेगेटिभ देखिएको छ भने ३ जनामा पोजेटिभ देखिएको छ ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएपनि उपचारपछि उनी निको भइसकेका छन् । चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि आइतबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । युवतीको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । र, आज तेस्रो संक्रमित भेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस !