१४ बैशाख २०८१, शुक्रबार

नेपाल र रसियाका खेलकुद मन्त्रीबिच भेटवार्ता

प्रकाशित मिति :  16 June, 2022 12:02 pm


काठमाडौं । रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले हस्ताक्षर गरेका छन् ।
रसियाको भ्रमणमा रहेका मन्त्री गहतराज र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षिय कार्ययोजनामा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

कार्ययोजनामा नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुवै देशबिच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेल र नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नकालागी छात्रवृत्ति सहयोग लगाएतका विषय समेटिएको छ । रसियाका खेलकुद मन्त्रीले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।

मन्त्री गहतराजले नेपाल र रसिया बिच ६६ वर्ष लामो कुटनीतिक सम्बन्धलाई खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर बनाउन भ्रमणले सहयोग गर्ने बताएका छन् । उनले रसियाका खेलकुद मन्त्रीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा समेत दिएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपाली प्रतिनिधी मण्डलले रसियाका मार्सल आर्टस संघका अध्यक्ष र अन्तराष्ट्रिय बक्सिङ् संघका अध्यक्षसँग पनि छलफल गरेको बताए ।

अन्तराष्ट्रिय बक्सिङ् संघका अध्यक्ष उमार क्रेमलेभले नेपालको खेल पुर्वाधार, बक्सिङ् एकेडेमी तथा उच्च पहाडी स्थानमा तालिम केन्द्र स्थापना गर्न रसियन सरकार सकारात्मक रहेकोे बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !