१६ चैत्र २०८०, शुक्रबार

नेपालसँग १४ रनमै समेटियो बहराइन

प्रकाशित मिति :  20 June, 2022 11:31 am


काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले बहराइन बहराइनलाई १४ रनमा समेटेको छ ।

मलेसियाको किनरारा ओभलमा भइरहेको तेस्रो खेलमा नेपालका बलरले उत्कृष्ट प्रद्धर्शन गरेपछि बहराइन १४ रनमा समेटिएको हो ।

वर्षाका कारण खेल ७–७ ओभरमा घटाइएको थियो । बहराइनलाई सस्तैमा समेट्ने क्रममा कविता, अस्मिना र सबनमले समान २ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाइन् ।



प्रतिक्रिया दिनुहोस !