टीभीएसको मोटरसाइकल अपाचे आरटीआर २०० फोरभी सार्वजनिक हुदैँ
काठमाडौं । नेपाली बजारमा टीभीएसको मोटरसाइकल अपाचे आरटीआर २०० फोरभी सार्वजनिक हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको नक्सालमा उक्त बाइक ल्याएको छ । आरटीआर २०० फोरभी अब बीएस ६ संस्करणमा पनि उपलब्ध रहने छ ।
आरटीआर २०० फोर भीमा १९७।७५ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन दिइएको छ जुन इन्जिनले २०।८ पीएस पावर ९००० आरपीएममा र १७।५१ एनएम टर्क ७२५० आरपीएममा उत्पादन गर्छ ।
आरटीआर २०० फोर भीको लम्बाई २०२० एमएम, चौडाई ७९० एमएम, उचाई १०५० एमएम, ग्राउण्ड क्लियरेन्स १८० एमएम र १३५३ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन १५२ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि २७० एमएम र पछाडि २४० एमएम डिस्क ब्रेक दिइएको छ । सो बाइकले ७० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ ।
टीभीएस आरटीआर २०० फोर भी बीएस ६ मोटरसाइकलको नेपाली बजार मूल्य ३ लाख ८४ हजार ९०० सय रुपैयाँ निर्धारण गरिएको छ ।








