सुरु भयो ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ दोस्रो संस्करण
काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
काठमाडौँकाे भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आजदेखि सुरू भयाे ।
आजदेखि साउन ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सञ्चालन हुने यो एक्स्पोमा २ सय रूपैयाँ टिकट शुल्क राखिएको छ । विद्यार्थीको हकमा भने ५० प्रतिशत छुट दिइएको छ ।
एक्स्पोमा ५५ ब्राण्डका ४० बढी मोडलका दुईपांग्रे, चारपांग्रे र व्यवसायिक नयाँ सवारीसाधनहरू सार्वजनिक गरिएका छन्।
एक्स्पोमा ५५ भन्दा बढी अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, व्यावसायिक सवारी, विद्युतीय (ईभी) तथा हाइब्रिड प्रविधिका नयाँ उत्पादन समावेश हुनेछन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) बाट छुट्टिएर २०८२ साल वैशाख ३ गते औपचारिक रूपमा घोषणा भएको नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको यो दोस्रो अटो सो हो ।
नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले प्रदर्शनीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, व्यावसायिक सवारी, ईभी तथा हाइब्रिड गरी ४० भन्दा बढी नयाँ सवारीसाधन नेपाली बजारमा पहिलोपटक सार्वजनिक गरिने बताएकी छन् ।
टाटा, बिवाइडी, किया, टोयोटा, हुन्डाई, एमजी, निसान र हाभलजस्ता स्थापित फोर–ह्विलर ब्रान्डसँगै ओमोडा, जेइकु, आयन र भीजीभीजस्ता नयाँ ब्रान्डका पछिल्ला मोडल पनि प्रदर्शन गरिने आयोजकको भनाई छ ।
दुई पाङ्ग्रे सवारीतर्फ पनि विद्युतीय स्कुटर तथा मोटरसाइकलको उपस्थिति उल्लेख्य रहनेछ। प्युजो, एनआईयु, याडिया, एसर र ग्यारोजस्ता इलेक्ट्रिक ब्रान्डका साथै बजाज, टिभिएस, केटिएम र ट्रायम्फजस्ता स्थापित कम्पनीले आफ्ना नयाँ उत्पादन एक्स्पोमा प्रदर्शन गर्नेछन् ।
एक्स्पोको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक लिमिटेड रहेको छ भने ‘पावर्ड बाइ पार्टनर’का रूपमा रेड बुल नेपाल जोडिएको छ । आइएमई पे टिकटिङ पार्टनर रहेको एक्स्पोमा विद्यार्थीका लागि प्रवेश शुल्क १०० रुपैयाँ र सर्वसाधारणका लागि २०० रुपैयाँ तोकिएको छ ।








