१२ श्रावण २०८१, शनिबार

स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थित गर्न आयोगको आग्रह

प्रकाशित मिति :  26 March, 2020 4:16 pm


काठमाण्डौं, १३ चैत ।

राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुका आपूर्ति व्यवस्थित गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै आयोगले ‘लकडाउन’को सबै नागरिकहरुले पालन गर्न र अवज्ञा गरि बाहिर निस्कनेलाई मानवीय व्यवहार गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले विज्ञप्तिमा भनेको छ,‘नेपाल सरकारले गरेको लकडाउनको सबै नागरिकहरुले पूर्ण पालना गरी घरभित्रै रहन तथा त्यसको अवज्ञा नगर्न आयोग आमनागरिकलाई आह्वान गर्दछ । साथै, त्यस्तो आदेशको अवज्ञा गरी घरबाहिर निस्कनेलाई मानवोचित व्यवहारका साथ कानुन बमोजिम कारवाही गर्न आग्रह गर्दछ । ’

सरकारले कोरोना भाइरस सङ्क्रमण एक अर्कोमा नफैलियोस भनेर सरकारले लकडाउन गरेपनि अवज्ञा भएको र अवज्ञा गर्नेलाई पनि प्रहरीले कुटपिट गरेको घटना सार्वजनिक भएपछि आयोगले यस्तो आग्रह गरेको हो । आयोगले लकडाउनको अवस्थामा घरमै रहेका अपाङग बालबालिमा,जेष्ठ नागरिक महिला तथा अतिविपन्नहरुका लागि विशेष ध्यान दिन पनि सरकारसँग आग्रह गरेको छ ।

आयोगले स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा तिनका परिवारको ध्यान दिनपनि आग्रहगरेको छ । आयोगले भनेको छ,‘उपचार कार्यमा अहोरात्र खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु,सुरक्षाकर्मीहरु,कर्मचारी तथा तिनका परिवारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षा सुनिश्चित हुने गरी विशेष व्यवस्थ ागर्न समेत अयोग नेपाल सरकारलाई आग्रह गर्दछ । ’



प्रतिक्रिया दिनुहोस !