१३ बैशाख २०८१, बिहिबार

रोल्पाको पहिलो पुस्तक ‘चेतन लहरी’ पुन : प्रकाशन हुने

प्रकाशित मिति :  3 July, 2022 1:24 pm


काठमाडौं । रोल्पाको पहिलो पुस्तक ‘चेतन लहरी’ पुन : प्रकाशन हुने भएको छ ।

लेखक तथा प्रकाशक रोल्पाका तत्कालीन राजनीतिज्ञ षडानन्द सुवेदीले २०२२ सालमा वाराणसीमा प्रकाशन गरेको पुस्तक चेतन लहरी फेरि प्रकाशन गर्न लागिएको खडानन्द स्मृति प्रतिष्ठानले जनाएको छ ।

आगामी भदौ १० गते सुवेदीको २५ औं स्मृति दिवसको अवसर पारेर चेतन लहरी पुन : प्रकाशन गर्न लागिएको हो । सुवेदीका छोरा पूर्व एआईजी देवन्द्र सुवेदीले चेतन लहरी पुन : प्रकाशन गर्न लागेको जानकारी दिए ।

उनले भने,“ हो, बुवाको २५ औं स्मृति दिवसको अवसर पारेर पुस्तक प्रकाशन गर्न लागिएको छ ।” सुवेदी २००७ सालको क्रान्तिमा संलग्नता थिए भने २०१५ सालको पहिलो संसदीय आम चुनावमा क्षेत्र नम्बर ८३ बाट प्रतिनिधि सभा सदस्य भएका थिए ।

‘रोल्पाका बा’

सुवेदीले आफ्नो राजनीतिक जीवनकालमा लेख्दै आएका गीति कविताहरूको सँगालोलाई पुस्तकका रुपमा प्रकाशित गरेका थिए । आम चेतना जगाउने अभिप्राय बोकेको कविता संग्रहलाई ‘चेतन लहरी’लाई पुन : प्रकाशन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

५५ वर्षअघि रोल्पा जिल्लाकै पहिलो किताब ‘चेतन लहरी’ छापिँदाको संस्मरण [भाग १]

रोल्पा पहिलो किताब छाप्दाको संस्मरण : अनि वाराणसीमा ‘चेतन लहरी’ छापियो [भाग २]



प्रतिक्रिया दिनुहोस !