६ जेष्ठ २०८१, आइतबार

पछिल्लो २४ घण्टामा देशभर १२१ जना संक्रमित थपिए

प्रकाशित मिति :  10 July, 2022 4:52 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६६२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइशोलेशन र ७ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !