६ जेष्ठ २०८१, आइतबार

पछिल्लो २४ घण्टामा देशभर १७७ जनामा काेराेना सङ्क्रमण

प्रकाशित मिति :  12 July, 2022 5:10 pm


काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार १२६ जनामा गरिएको परीक्षणमध्ये आज १७७ जनामा सङ्क्रमण देखिएको हो ।

असार २६ गते १२१ र असार २७ गते १६८ जनामा सङ्क्रमण देखिएको थियो । सक्रिय सङ्क्रमितको सङ्ख्या ८७३ जना रहेका छन् ।

विगत २४ घण्टामा ४१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७६५ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् ।

अहिलेसम्म होम आइसोलेसनमा ८५३, संस्थागत आइसोलेसनमा २०, भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आइसियु)मा ११ जनाको उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा ६४ हजार ९०७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !