१३ बैशाख २०८१, बिहिबार

विश्व युवा विकास मञ्च चीनमा आयोजना हुने

प्रकाशित मिति :  20 July, 2022 9:26 am


बेइजिङ। विश्व युवा विकास मञ्च जुलाई २१ देखि २३ तारिखसम्म अनलाइन र अफलाइन माध्यमबाट चीनमा आयोजना हुने भएको छ । सम्मेलनमा १०० भन्दा बढी देशका करिब दुई हजार युवा प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम आयोजकले जनाएको छ।

अखिल चाइना युथ फेडेरेसनको पहलमा यो फोरमले रोजगारी र उद्यमशीलता, जलवायु परिवर्तन र हरित विकास, डिजिटल अर्थतन्त्र र उच्च गुणस्तरीय शिक्षा जस्ता विषयहरूमा छलफल गर्नेछ।

फोरमको मुख्य उद्देश्य विभिन्न विषयहरू समेटेर विश्वव्यापी विकास साझेदारी निर्माण गर्ने रहेको छ । फोरमले “साझेदारी भविष्यका लागि: युवा र युवाका लागि दिगो विकासको प्रवर्द्धन” शीर्षकमा मुख्य भाषण, गोलमेज छलफल, केस स्टडी र अनलाइन छलफलहरू गर्नेछ।

-रासस-सिन्ह्वा



प्रतिक्रिया दिनुहोस !