१२ बैशाख २०८१, बुधबार

आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग

प्रकाशित मिति :  21 July, 2022 6:50 pm


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गरेको छ । आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझै सशक्त तरिकाले लैजाने कुरामा कम्पनी अझै प्रतिबद्ध रहेको जनाएको छ ।

कम्पनीले १४० वटा शाखा कार्यिलयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरु आवद्ध रहेका छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउंदै जाने क्रममा कम्पनीको वेभसाइट र मोबाइल एपसमा राखिएको च्याटबोट मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुंने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !