आर्सनलसँग चेल्सीको फराकिलो हार
प्रकाशित मिति : 24 July, 2022 8:38 am
काठमाडौं । प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा लन्डन क्लब चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनलसँग लज्जास्पद हार बेहोरेको छ ।
फ्लोरिडामा आइतबार बिहान भएको खेलमा चेल्सीले आर्सनलसँग ४–० को लज्जास्पद हार बेहोरेको हो ।
आर्सनललाई जित दिलाउन ग्राबियल जिसस, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट सम्बिले एक एक गोल गरे ।
खेलको १५ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । खेलको ६६ औं मिनेटमा साकाले गोल गरेपछि आर्सनल ३-० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा अल्बर्टले गोल गर्दै आर्सनललाई ४-० को जित दिलाए ।
प्रि–सिजनको आर्सनलको यो लगातार चौथो जित हो । यसअघि आर्सनलले नर्नवर्ग, एभर्टन र ओर्लान्डो सिटीलाई पराजित गरेको थियो ।








